बामदेवको मनोनयन खारेजी र मन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट – Janadesh Daily | ePaper

बामदेवको मनोनयन खारेजी र मन्त्री नबनाउन माग गर्दै सर्वोच्चमा रिट


जनादेश, काठमाण्डौ ।

बामदेव गौतम बने नेकपाको उपाध्यक्ष |

नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई समेत रहेका राष्ट्रियसभा सदस्य बनाउन सरकारले गरेको सिफारिश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सरकारको सिफारिसको निर्णय र राष्ट्रपति कार्यालयको भदौ २९ को मोनयन बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

संविधानको उलंघन भई संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्ने भन्दै अधिवक्ता त्रिपाठीले रिटको अन्तिम टुंगो नलागेसम्म गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतले काम गर्न नदिन र मन्त्रिपरिषदमा सामेल नगर्न अन्तरिम आदेशको माग पनि गरेका छन् ।

रिटमा राष्ट्रियसभा सदस्य बन्नका लागि गौतमको योग्यता तथा सक्षमताको मापदण्ड छानविन गर्न समेत माग गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने एक जनाको कोटामा नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गरेको थियो ।

प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा पराजित व्यक्तिलाई राष्ट्रियसभाको बाटो भएर संसदमा पुर्‍याइएको भन्दै चौतर्फी आलोचना भैरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्