वि.क. सचिवमा बढुवा – Janadesh Daily | ePaper

वि.क. सचिवमा बढुवा


जनादेश संवाददाता

काठमाडौँ । सरकारले सहसचिव मान बहादुर वि.क. लाई सचिवमा बढुवा गरेको छ ।

हिजो अपराह्न प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका वि.क.लाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिवहरू गोकर्णमणि दुवाडी, मान बहादुर बिक र मधु मरासिनीलाई सिफारिस गरेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्