दाङमा सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु – Janadesh Daily | ePaper

दाङमा सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु


चन्द्रप्रकाश नेपाली, घोराही ।

दाङमा पाँच महिनाको अवधिमा सवारी दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ । पाँच महिनाको अवधिमा १ सय ६ ओटा सवारी साधन दुर्घटना हुँदा १ सय ५७ जना गम्भिर घाईते भएका छन् ।

जिल्लामा बैशाखदेखि भदौ महिनासम्म १ सय ६ सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । बढि सवारी दुर्घटना पर्नेमा मोटसाइकल रहेको छ ।

बैशाखमा जीप कार २, ट्रे्कटर १ र मोटरसाइकल २ गरी जम्मा ५ वटा दुर्घटनामा परेका छन् । त्यसैगरी जेठ महिनाको अवधिमा दुर्घटना हुने सवारी साधनमा ट्रक ६, टिप्पर १, जिपकार ३, टे«क्टर ६ र मोटरसाइकल ८ गरी २४ वटा रहेको छ ।

त्यसैगरी असार महिनामा दुर्घटना हुने सवारी साधनहरुमा ट्रक ३, टिप्पर १, टे«क्टर २, अटो २ मोटरसाइकल १५ गरी जम्मा २६ सवारी साधन दुर्घटना भएका छन् । त्यसैगरी साउन महिनामा दुर्घटना हुने सवारी साधनहरुमा ट्रक २, टिप्पर १, जिप कार ७, अटो २, मोटरसाइकल २४ र साइकल १ गरी ३७ रहेका छन् ।

त्यसैगरी भदौ महिनामा दुर्घटना हुने सवारी साधनमा जिप १, टेक्टर २, अटो ४,मोटरसाइकल २२ र ३ वटा साईकलगरी ३२ वटा दुर्घटना भएको बताईएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्