३ अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार – Janadesh Daily | ePaper

३ अंकले घट्यो नेप्से, २ अर्ब ३६ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३.२४ अंकले घटेर एक हजार ९६५.९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २, विकास बैंक ७, होटल तथा पर्यटन २१, हाइड्रोपावर ११, उत्पादन ४७, माइक्रोफाइनान्स १४ र अन्य उपसमूह ५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ४३, निर्जीवन बीमा २०, फाइनान्स ६२ र ब्यापार उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै सबैको लघुवित्त वित्तिय संस्थाको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज मल्टीपरपस फाइनान्सको सेयर ९.९९ प्रतिशतले बढेको छ ।

यस दिन ३०३ कम्पनीको ६३ लाख कित्ता सेयर २ अर्ब ३६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्