दाङमा अवैद्य चिरान काठ सहित १ जना पक्राउ – Janadesh Daily | ePaper

दाङमा अवैद्य चिरान काठ सहित १ जना पक्राउ


जनादेश, दाङ ।

डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सव डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले बबई गाँउपालिका ५ जौबारीमा अवैद्य चिरान काठ सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बबई गाँउपालिका ५ निवासी २३ बर्षिय नवराज खत्री रहेको डिभिजन वन कार्यालय दाङका सुचना अधिकारी खिम बहादुर केसीले जानकारी दिनुभयो ।

विना ईजाजत अवैद्य वन पैदावार हानी नोक्सानी, लुकाई छिपाई राखेको र ओसार पसार गर्न लागेको सुचना विशेष सुराकी संयन्त्रबाट प्राप्त भए पछि पुरन्धारा सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा सहायक वन अधिकृतहरु संयोग वस्नेत, विष्णु प्रसाद लामिछाने र सशस्त्र वन रक्षक सहितको गस्ती टोलि परिचालन गरिएको थियो ।

गस्ती टोलीद्धारा बबई गाँउपालिका ५ जौवारीमा निवासी खत्रीको घरबाट साल जातका गोलिया ६ दशमलव ५० क्यूफिट सोहि ठाउँकै भुपाल रोकाको घरबाट ६ दशमलव ८३ क्यूफिट चिरान काठ गरी जम्मा १३ दशमलव ३३ क्यूफिट काठ बरामद गरिएको छ । बरामद गरिएको काठ पुरन्धारा सव डिभिजन वन कार्यालमा राखिएको छ ।

त्यसैगरि बबई गाँउपालिका ५ खाल्टेमा सोही गस्ती टोलीले बलबहादुर बुढाथोकिले वन क्षेत्रमा अतिक्रमण गरि बनाएको छाप्रोेमा खानतलासी गर्दा साल जातको अवैद्य चिरान काठ ६२ थान बरामद गरेको छ । काठ लुकाउन बनाईएको काठको अस्थायी छाप्रो स्थानियहरुको रोहबरमा भत्काईएको सहायक वन अधिकृत सिद्धान्त बरालले बताउनुभयो ।

घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा राखिएको छ । अतिक्रमणकारीलाई वन ऐन २०७६ बमोजिम पाँच वर्ष कैद र विगो असुल गरि १ लाख रुपैया सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको डिभिजनल वन अधिकृत सवेदीले बताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्