२५ प्रतिशत तलब दिने प्याब्सन रुपन्देहीको निर्णय – Janadesh Daily | ePaper

२५ प्रतिशत तलब दिने प्याब्सन रुपन्देहीको निर्णय


जनादेश संवाददाता ।

बुटवल । घोराही । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) रुपन्देहीले आफ्ना सदस्य विद्यालयका शिक्षक–कर्मचारीको लकडाउन अवधिको तलब २५ प्रतिशत नघट्ने गरी दिने निर्णय गरेको छ ।

बैशाख महिनादेखि तलब नपाएका शिक्षक–कर्मचारीहरुलाई कम्तिमा २५ प्रतिशत नघट्ने गरी पारिश्रमिक दिने प्याब्सन रुपन्देहीको भेलाले निर्णय गरेको हो । तीन महिनासम्म तलब नपाएपछि शिक्षक कर्मचारीहरु आन्दोलित हुँदै आएका थिए ।

रुपन्देहीमा प्याब्सनमा आवद्ध दुई सय ४२ विद्यालयहरुमा करिब सात हजार शिक्षक–कर्मचारी छन् ।भेलाले शिक्षक–कर्मचारीहरुलाई आंशिक तलब दिने निर्णय गरेको अध्यक्ष लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

यसैबीच प्याब्सनले स्वास्थ्य सुरक्षा प्रबन्धसहित नियमित पठनपाठन सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुसहित कार्यदलले सदस्य विद्यालयहरुको अवस्थाका बारेमा अध्ययन गरेपछि बालबालिकाको स्वास्थ्य सुरक्षा प्रवन्धका साथ पठनपाठन शुरु गर्न सकिने बताईएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्