१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ – Janadesh Daily | ePaper

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ


गाईघाट  ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्रिनपा–५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाको अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताउनुभयो ।

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्