बार्षिकोत्सबका अबसरमा बृक्षारोपण – Janadesh Daily | ePaper

बार्षिकोत्सबका अबसरमा बृक्षारोपण


चन्द्रप्रकाश नेपाली, घोराही ।

राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीले आफ्नो दोस्रो बार्षिकोत्सबका अबसरमा आज बृक्षारोपण गरेको छ ।

प्रतिष्ठानको अस्पताल, प्रशासनिक, आइसोलेसन र अस्पतालको निबास हाताभीत्र बिभिन्न्न जातका १ सय १० वटा बिरुवा रोपिएको हो । टिक, मसला, मालागेडी, चिउरी, बजरडन्ठे, ज्याकरराण्ड, रुद्राक्ष, निम, अमला लगायतका जातका बिरुवा रोपिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपती प्राध्यापक डा. संगिता भण्डारी, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाही सहित प्रतिष्ठानका कर्मचारीहरु सहभागि भई बृक्षारोपण गरेका हुन् ।

पर्सि दोस्रो बार्षिक उत्सव मनाउन लागेको प्रतिष्ठानले सोही दिन ओपिडिमा निशुल्क बिरामीको जाँच गर्ने जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्