चीनको निष्कर्ष- टिकटकमा अमेरिकी बेइमानी र लुटाहा व्यवहार – Janadesh Daily | ePaper

चीनको निष्कर्ष- टिकटकमा अमेरिकी बेइमानी र लुटाहा व्यवहार


एजेन्सी ।
चीनले टिकटकको मामिलामा अमेरिकाले बेइमानी र गैरव्यवसायिक कार्य गरेको आरोप लगाएको छ ।

अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै जुन महिनादेखि टिकटकको मातृ कम्पनी बाइट डान्सलाई बाध्यत्मकरुपमा अमेरिकी कम्पनीलाई बिक्री गर्न दबाब दिएको थियो ।

लोकप्रिय सामाजिक संजाल टिकटकको मूल्य देखेर लोभिएको अमेरिकाले सार्वजनिक व्यापारिक प्रतिस्पर्धामा जित्न नसकेर खुलेआम लुट्ने काम गरेको चिनियाँ विज्ञहरुको भनाई छ ।

अमेरिकाले सधैं बजारको अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको प्रचार गर्ने गरेको भएपनि टिकटक मामिलामा अमेरिकाले तथाकथिक राष्ट्रिय सुरक्षाको नाममा आर्थिक लेनदेन गरेको उनीहरु बताउँछन् ।

यो राज्य शक्तिद्वारा व्यापारिक स्वतन्त्रतामाथि हस्तक्षेप भएको र सार्वजनिक बदमाशी कार्य र लुट्ने तर्क मात्र भएको चीनको बुझाई छ ।

केहीदिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटकलाई अमेरिकामा सञ्चालनलाई निरन्तरता दिने सम्झौतालाई स्वीकृति प्रदान गरेका छन् ।

चिनियाँ कम्पनी बाइटडान्स र अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीचको सम्झौता भएपछि मात्र अमेरिकाले प्रतिबन्ध नलगाउन सहमति जनाएका थिए ।

बाइटडान्स र ओरेकल तथा वालमार्टबिच भएको सम्झौताले आठ करोड भन्दा बढी अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पको भनाइ छ । टिकटकसहितका चिनियाँ एप्लिकेशनहरु अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण रहेको ट्रम्पले बताउँदै आएका थिए ।

कुनै प्रमाण नभएको अवस्थामा व्यवसायलाई दोष लगाउने र धम्की दिने कार्यले बजारमुखी अर्थतन्त्रको नियमलाई उल्लंघन गर्नुका साथै अमेरिकी निष्पक्ष तथा स्वतन्त्रताको कपटी थेगो दोहोरो मापदण्ड पनि देखिएको छ।

यो विश्व व्यापार संगठन डब्लुटीओको खुला, स्पष्ट तथा गैर-भेदभाव सिद्धन्तको उल्लंघन समेत हो ।

यो पनि हेर्नुस्- 

राष्ट्रसंघ महासभाः अमेरिकालाई चीनले दियो मुखभरीको जवाफ

अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्