जनादेश, काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबई इन्टरनेश्नल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ ।
भारतीय कप्तान बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोर र भारतीय उपकप्तान रोहित शमाको कप्तानीमा रहेको मुम्बई प्रतियोगितामा तेस्रो खेल खेल्दैछन् । दुबै टोली दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिदैछन् । यस अघि मुम्बईले कोलकता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको थियो भने चेन्नई सुपर किंग्ससंग ५ विकेटको हार ब्यहोरेको थियो ।
यता बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो भने किंग्स इलेभेन पन्जाबसंग ९७ रनले स्तब्द हुन पुगेको थियो । आईपीएलमा मुम्बई सफल टिम हो भने बेंग्लोर टिमले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।
बेंग्लोरविरुद्ध जहिले पनि मुम्बई हावी नै भएको थियो । यी दुई टिमबीच पछिल्ला १० खेलमा २ पटक मात्रै बेंग्लोर विजयी भएको छ । यस अघि हिजो भएको खेलमा पन्जाबालाई ४ विकेटले पराजित गर्दै राजस्थान रोयल्सले दोस्रो जित निकालेको थियो ।