चुनावी बहसमा ट्रम्पको शर्त, बाइडेनले ‘स्वास्थ्य परीक्षण गरून्’ – Janadesh Daily | ePaper

चुनावी बहसमा ट्रम्पको शर्त, बाइडेनले ‘स्वास्थ्य परीक्षण गरून्’


एजेन्सी ।
अमेरिकी राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा त्यहाँ अनेक तिकडमवाजी र प्रचारवाजी चलिरहेका छन् । राष्ट्रपतिका दुई उम्मेद्वारबीच पहिलो टेलिभिजन बहस सुरु हुने तयारी भैरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ शर्त अघि सारेका छन् ।

आफ्नो प्रतिद्वन्दी जो बाइडेनले मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने ट्रम्पको माग छ ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवार बाइडेनले प्रचारप्रसारका क्रममा आलश र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका हुन् ।

रष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन्, “निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।”

अमेरिकामा आगामी नोभेम्बरमा हुने चुनावका लागि अन्तिम प्रचार प्रसार चलिरहँदा राष्ट्रपतिका दुई उम्मेद्वारबीच चुनावी टेलिभिजन बहस मंगलबार हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्