दाङमा अतिक्रमित वन खाली गरेर बृक्षारोपण – Janadesh Daily | ePaper

दाङमा अतिक्रमित वन खाली गरेर बृक्षारोपण


जनादेश संवाददाता

घोराही । दाङमा १२ बर्ष देखी वन क्षेत्र अतिक्रमण गरी बनाईएका पक्की घरहरु हटाई बृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका१३ स्थित जनकल्याण सामुदायिक वन अतिक्रमण गरि बस्दै आएकालाई हटाई बृक्षारोपण गरेको हो ।

विगत १२ बर्ष देखि करिब २ हेक्टर वन अतिक्रमण गरि पक्की घर बनाएर बसेकालाई हटाई तारबार सहित बृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

अतिक्रमित क्षेत्र खाली गरेपछि वनका पदाधिकारी, उपभोक्ता, वन कार्यालयका कर्मचारीले बृक्षरोपण गरेका हुन् । अतिक्रमण गरि चर्चिदै आएको जमिनमा स्थानियहरुले खेतीपाती समेत गर्दै आएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्