अमेरिकी अदालतले भन्यो- टिकटकमा प्रतिबन्ध अबैधानिक – Janadesh Daily | ePaper

अमेरिकी अदालतले भन्यो- टिकटकमा प्रतिबन्ध अबैधानिक



अमेरिकी अदालतले चिनियाँ एप टिकटक डाउनलोडमा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको विवास्पद आदेशमा रोक लगाउने फैसला गरेको छ । राष्ट्रिय सुरक्षामा खतरा पैदा गर्ने भन्दै राष्ट्रपति ट्रम्पले एप्पलको एप स्टोर र एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप डाउनलोडमा प्रतिबन्ध लगाउने आदेश दिएका थिए ।

कोलम्बिया राज्यको जिल्ला अदालतका न्यायधीश कार्ल निकोलसले राष्ट्रपतिको आदेश विरुद्ध परेको मुद्धामा सुनुवाई गर्दै प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् । न्यायधिश निकोलसलाई गत वर्ष राष्ट्रपति ट्रम्पले मनोनयन गरेका थिए ।

आइतबार बिहान टिकटकका वकिलले ९० मिनेट लामो बहसमा डाउनलोडमा रोक लगाउने निर्णय अभूतपुर्व र तर्कहिन भएको दाबी गरेका थिए । अमेरिकी अधिकारीले अमेरिकाका १० करोड प्रयोगकर्ताको निजी विवरण चिनियाँ सत्तारुढ कम्युनिष्ट पार्टी सिसिपीले प्रयोग गर्न सक्ने तर्फ चासो ब्यक्त गर्दै आइरहेका छन् ।

टिकटक सञ्चालक कम्पनी बाइटडान्स सिसिपीको मुखपत्र र पार्टीको एजेण्डा र सन्देश प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएको दाबी पनि अधिकारीको छ । तर बाइटडान्सले अमेरिकी आरोपको खण्डन गर्दै प्रयोगकर्ताको विवरण कसैलाई सुम्पन नसक्ने बताउदै आएको छ ।
गत साता टिकटक अमेरिकामा सञ्चालन गर्न बाइटडान्स र वालमार्ट र ओराकलबीच प्रारम्भिक समक्षदारीमा हस्ताक्षर समेत भइसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्