अमेरिकी राष्ट्रपति ट्रम्पले कर छली गरेको खुलासा – Janadesh Daily | ePaper

अमेरिकी राष्ट्रपति ट्रम्पले कर छली गरेको खुलासा


एजेन्सी ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर छलि गर्नेगरेको खुलासा भएको छ । अर्बपति व्यापारी समेत रहेका ट्रम्पले सन् २ हजार १६ र १७मा मात्र ७ सय ५० डलर आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको हो ।

राष्ट्रपति ट्रम्पले १५ वर्षको अवधीमा १० वर्ष आयकर नतिरेको रिपोर्ट सार्वजानिक भएको छ । सन् २ हजार १८मा टेलिभिजनमा रियालिटी शो र अन्यबाट ४२ करोड ७४ लाख डलर आम्दानी गरेपनि ट्रम्पले ४ करोड ७४ लाख नोक्सानीको दाबीगरेको न्यूयोर्क टाइम्सको रिपोर्टमा छ ।

राष्ट्रपति ट्रम्प र उनको कम्पनीले ठुलो घाटा व्योहोरेको प्रतिवेदन बनाई आयकर घटाउने गरेको दाबी पत्रिकाको छ । पत्रिकाका अनुसार ट्रम्प र आन्तरिक कर सेवाबीच दशकौंदेखि अडिट बिवरणमा विवाद जारी छ । ट्रम्पले धेरै घाटा ब्योहोरेको भन्दै ७ करोड २९ लाख डलर कर फिर्ता गर्न माग गरिरहेका छन् ।

यसैबीच कर छलीको आरोपको राष्ट्रपति ट्रम्पले सार्वजानिक समचारलाई झुटो भन्दै अस्वीकार गरेका हुन् । आइतबार न्यूयोर्क टाइम्समा स्टोरी सम्प्रेषण भएपछि पत्रकारसँग कुराकानी गर्दै ट्रम्पले कर तिर्दै आएको दाबी गरे । न्यूयोर्क टाइम्सले सन् १९ सय ९० यता राष्ट्रपति ट्रम्प र उनका कम्पनीको करसम्बन्धी विवरण अध्ययन गरेको जनाएको छ ।

नोभेम्बर ३ तारिखमा तय भएको राष्ट्रपतीय निर्वाचनअघि ट्रम्प र उनका प्रतिश्पर्धी जो बाइडनबीचको पहिलो टेलिभिजन बहसको तयारी भइरहँदा ट्रम्पले कर छली गरेको आरोप सार्वजनिक भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्