विश्ववमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा १० लाख पार – Janadesh Daily | ePaper

विश्ववमा कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा १० लाख पार


एजेन्सी ।

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको स‌ंख्या १० लाख नाघेको छ ।

गत चौबीस घण्टामा ३ हजार थप जनाको ज्यान गएपछि ज्यान गुमाउनेको स‌ंख्या १० लाख पार भएको हो ।
अहिलेसम्म अमेरिकामा २ लाख ९ हजार, अमेरिकामा ९५ हजार र ब्राजिलमा १ लाख ४१ हजार जनाको कोरोनाकै कारण ज्यान गैसकेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमित हुने मानिसको कुल संख्या ३ करोड ३२ लाख नाघेको छ ।
गत चौबीस घण्टामा २ लाख ५० हजार कोरोना संक्रमित थपिएपछि अहिलेसम्म संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ९७ हजार भन्दा बढी पुगेको छ ।

कुन देशमा कति

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा गत चौबीस घण्टामा ३३ हजार विरामी थपिएका छन् । योसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ७३ लाख २० हजार नाघको छ ।
त्यहाँ २४ घण्टामा २ सय जना भन्दा बढीको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ९ हजार ४ सय भन्दा बढी पुगेको छ ।

त्यस्तै सर्वाधिक संक्रमणदर रहेको भारतमा गत चौबीस घण्टामा ८२ हजार भन्दा बढी बिरामी थपिएका छन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ६० लाख ७३ हजार पुगेको छ ।

त्यहाँ चौबीस घण्टामा १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । र मृत्यु हुनेको कुल संख्या ९५ हजार नाघेको छ ।

त्यस्तै ब्राजिलमा चौबीस घण्टामा १४ हजार भन्दा बढी बिरामी थपिएर कुल संक्रमितको स‌ंख्या ४७ लाख ३२ हजार पुगेको छ ।

विश्वमा २ करोड ४६ लाख २१ हजार मानिसले भने कोरोना जित्न सफल भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्