कोरोनाविरुद्ध खोपः कुन देशको खोप कुन चरणमा, मूल्य कति – Janadesh Daily | ePaper

कोरोनाविरुद्ध खोपः कुन देशको खोप कुन चरणमा, मूल्य कति


जनादेश विशेष ।

विश्वमा कोरोनाका कारण साढे ३ करोड भन्दा बढी मानिस संक्रमित भैरहेका छन् भने १० लाख भन्दा बढीले यही भाइरसका कारण ज्यान गुमाएका छन् ।

संसारका विभिन्न देशमा कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयत्न चलिरहेको छ । कुनै देशमा खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ भने कुनै खोप चौथो अर्थात् अन्तिम चरणमा परीक्षण भैरहेका छन् ।

वैज्ञानिकहरूले जुन बेला कोरोनाभाइरसविरुद्ध खोप तयार भएपनि संसारका सबै जनाका लागि पुग्नेगरी त्यस्तो खोप उपलब्ध नहुन सक्ने बताएका छन् । अनुसन्धान प्रयोगशालाहरू र औषधि उत्पादन गर्ने कम्पनीहरूले त्यस्तो प्रकारको प्रभावकारी खोप पत्ता लगाउने, तयार पार्ने, परीक्षण गर्ने र उत्पादन गर्ने सम्बन्धमा स्थापित यसअघिका नियममा ठूलै परिवर्तन गरिरहेका छन्।

सङ्क्रामक रोगहरूविरुद्धको खोप तयार पार्न, परीक्षण गर्न र जनमानसमा वितरण गर्न सामान्यतया निकै लामो समय लाग्छ

विश्वका ९ खोप अन्तिम चरणमा २ क्रिटिकल चरणमा 
विश्वमा ९ खोप अन्तिम चरणमा छन् भने २ खोप परीक्षण सकिएर उत्पादनमा जाने चरणमा पुगिसकेको बताइएको छ ।

चीनले एउटा सफल खोप तयार पारेको र त्यो पहिले आफ्ना सैनिकहरूलाई दिइने बताएको छ।

त्यस्तै रुसले उस्को स्पूत्निक-भी खोपको परीक्षणहरूले कोभिड-१९ का बिरामीमा रोगप्रतिरोधी क्षमता जगाउन सकेको सङ्केत देखाएको बताएको छ।

अनि अक्टोबर महिनाबाट सामूहिक रूपमा मानिसहरूलाई खोप दिन सुरु गर्ने जनाएको छ। यद्यपि ती दुवैथरी खोप विश्व स्वास्थ्य सङ्गठनले तयार पारेको तेस्रो चरणको मेडिकल परीक्षणमा रहेका खोपहरूको सूचीमा छैनन् ।

यस्तै विश्वका अन्य १ सय ४२ कम्पनीले पनि कोरोना खोप बनाइरहेका छन् र ती अहिले प्रि-क्लिनिकल चरणमै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको तथा एस्ट्रजेनेका कम्पनीले ठूलो मात्रामा उत्पादन गरिरहेको खोप अहिलेसम्म सबैभन्दा उन्नत देखिएको बताएका छन् ।

उनले खोप सन् २०२१ को मध्यसम्ममा बजारमा उपलब्ध हुने अनुमान गरेका छन् ।

कुन खोपको मूल्य कति

एस्ट्रजेने खोप
एस्ट्रजेनेका कम्पनीले आफूले नाफा नकमाउने र सकेसम्म सस्तोमा खोप उपलब्ध गराउने कोसिस भइरहेको जनाएको छ । यसका प्रमुख प्रमुखले ल्याटिन अमेरिकामा खोपको मूल्य प्रतिडोज ४ डरलभन्दा कम नै हुने बताएका छन् ।

भारतमा ठूलो मात्रामा यो खोप उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले भारत र अन्य विकासशील मुलुकम यो खोपको मूल्य ३ डलर पर्ने जनाएको छ ।

इटलीको स्वास्थ्य मन्त्रालयले युरोपमा यो खोपको मूल्य प्रतिडोज २.५ युरोसम्म पर्ने जनाएको छ ।

यो खोप उत्पादनका लागि अस्ट्रेलियाले एस्ट्रजेनेकासँग सम्झौता गरिसकेको छ भने त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले आफ्ना सबै नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सनोफीको खोप
फ्रान्सस्थित सनोफी कम्पनीका प्रमुख ओलिवियर बोगिलोटले आफ्नो कम्पनीले बनाएको खोपको मूल्य प्रतिडोज १० युरोभन्दा कम हुने बताएका छन् ।

साइनोफार्मको खोप
चिनियाँ औषधि कम्पनी साइनोफार्मका प्रमुख लिउ जिङजेनले आफ्नो कम्पनीले विकास गरेको खोपको तेस्रो चरण परीक्षण पूरा भइसकेको बताएका छन् । उनले यसको दुई डोजको मूल्य १००० चिनियाँ युआन भन्दा केही कम हुने जानकारी दिएका छन् । स्वास्थ्यकर्मी र विद्यार्थीलाई भने खोप निःशुल्क दिने तयारी रहेको बताइएको छ ।

मडर्नाको खोप
क्याम्ब्रिजस्थित मडर्ना कम्पनीले आफूले उत्पादन गरेको खोप महामारीलाई विचार गरी प्रतिडोज ३३ देखि ३७ डलरसम्म सम्म पर्ने जानकारी दिएको छ।

कम्पनीका कार्यकारी प्रमुख स्टिफन बान्सेलका अनुसार खोपको मूल्य सकेसम्म कम गरिनेछ । महामारीका बेला मूल्यकै कारण कसैले खोप नपाउने अवस्था सिर्जना नगरिने उनले आश्वासन दिएका छन् ।

फायर्सफार्माका अनुसार फाइजर र बायोएनटेक कम्पनीले आफूहरूले अमेरिकी सरकारलाई खोप प्रतिडोज १९‍.५० डलरमा बिक्री गर्ने बताएका छन् ।

यो पनि हेर्नुस्- 

डब्ल्यूएचओको चेतावनी : कोरोना खोप आउनु अघि नै २० लाख मानिसको मृत्यु हुनसक्छ

कोरोना खोप कहिले आउँछ ? यस्तो छ चीनको अन्तिम तयारी 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्