नेपालको एक मात्र संरक्षित क्षेत्र क्राकेबिहार संरक्षणमा जुटे स्थानियः जरायोको आहाराकालागि सुपर नेपियर घाँस रोपियो – Janadesh Daily | ePaper

नेपालको एक मात्र संरक्षित क्षेत्र क्राकेबिहार संरक्षणमा जुटे स्थानियः जरायोको आहाराकालागि सुपर नेपियर घाँस रोपियो


सुर्खेत । नेपालको एक मात्र संरक्षित क्षेत्र र बिश्व संम्पदा सूचिमा सूंचिकृत सुर्खेतको क्राकेबिहार क्षेत्रमा जरायोलाई लक्षित गरेर सुपर नेपियर घाँस रोपिएको छ । बीरेन्द्रनगर ९ लाटिकोइलीका युवाहरुको सक्रियतामा जन्ती साल क्षेत्रमा १५ सय सुपर नेपियर घाँसका बिरुवा रोपिएको हो ।

चारैतिर आवादी रहेको चरिचरणको अभावका कारण वन्य जन्तु जरायोलाई लक्षित गरि घाँस रोपिएको स्थानिय युवा बसन्त गिरीले जानकारी दिनुभयो । रेडियो भेरिका केशव कोइरालाले एक हजार बिरुवा र सुगारिका कृर्षी फर्मका सुशील केसीले पाँच सय बिरुवा सहयोग गरेको अर्का युवा सनम गिरीले बताउनु भयो । तीन महिनाभित्र यो बिरुवा जरायोकोलागि खान उपयुक्त हुने बिज्ञहरुले बताएका छन ।

वडा अध्यक्ष सुरेश मान्नधर, ॠषि गिरि, नारायण जिसी, मेघराज गिरी, केशव गिरी, तारा राष्कोटी लगाएतले संयुक्त रुपमा बिरुवा रोप्नु भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुरेश मान्नधरले यो वर्ष काक्रेबिहारको चारैतिर कम्पाउन्ड वाल लगाउने तयारी गरिएको बताउनु भएको छ । यसले चरिचरणकालागि जरायो लगाएतका वन्य जन्तुकालागि निकै प्रभावकारी हुने बिश्वास गरिएको बताउनु भयो ।

यसैगरी ॠषि गिरिले यस बिरुवाको अनेत्र पनि माग भएकाले यसलाई व्यवसायिक रुपमा लैजान सकिने बताउनु भयो । संरक्षणमा लागेका समूहले यसका बिरुवा बेचेर आम्दानी लिन सक्ने उहाँको भनाई छ । स्थानिय युवा नारायण जिसीले पहिलो चरणमा परिक्षणको रुपमा १५ सय बिरुवा लगाईएको बताउनु भयो । उहाँले दोस्रो चरणमा अरु बिरुवा पनि रोप्ने योजना रहेको बताउनु भयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्