चार महिनाको अवधिमा ३२ जना जुवाडे पक्राउ – Janadesh Daily | ePaper

चार महिनाको अवधिमा ३२ जना जुवाडे पक्राउ


चन्द्रप्रकाश नेपाली, घोराही।

प्रहरीले दाङको तुलसीपुरका विभिन्न स्थानबाट चार महिनाको अवधिमा ३२ जना जुवाडेलाई पक्राउ गरेको छ । कानुनले प्रतिबन्ध गरेको जुवातास खेल्ने विभिन्न ठाउँबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जेठ २१ गतेदेखि असोज ११ गतेसम्म करिब चार महिनाको अवधिमा ३२ जना जुवाडेबाट चार लाख बढी रकम बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुर प्रमुख डीएसपी शिबबहादुर सिंहले जानकारी दिनुभएको छ ।

डीएसपी सिंहका अनुसार जेठ २१ गते ११ जनालाई २ लाख २५ हजार ४९५ सहित पक्राउ गरिएको हो । त्यसैगरी असार ४ गते ८४ हजार ४५ रुपैयाँ नगद सहित ४ जना पक्राउ परेको उहाँले बताउनुभयो ।

त्यस्तै असोज ४ गते २० हजार ५५ रुपैयाँ सहित ४ जना र असोज ११ गते ९८ हजार ९ सय ५० सहित १३ जना पक्राउ परेको डीएसपी सिंहले जानकारी दिनुभएको छ ।

पक्राउ परेका जुवा ऐन अन्तर्गत अदालमा मुद्दा दर्ता गरेपछि धरौटीमा छुटेका छन । जुवातास नियन्त्रणका लागि सादा पोसाकमा प्रहरी परिचालन हुने र पछिल्लो समय टोल सुरक्षा समितिबाट जानकारी भएपछि पक्राउ गर्ने गरेको प्रमुख सिंहले जानकारी दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्