आइपिएलः पञ्जावलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा – Janadesh Daily | ePaper

आइपिएलः पञ्जावलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा


एजेन्सी ।

साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेट अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकाल्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

शेख जायद स्टेडियममा मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । क्रिश्नापा गोथामलेअविजित २२ रन जोड्दा कप्तान केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रन जोडे ।

मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै केइरन पोलार्डले अविजित ४७ रन जोड्दा हार्दिक पाण्डयले अविजित ३० रन बनाए । इशान किशन २८ रन जोडे । सूर्यकुमार यादवले १० रन बनाए ।

पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए ।

जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । चार खेल खेलेको मुम्बई दुई जित र दुई हारसहित रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो । यद्यपि मुम्बई भन्दा एक खेल कम खेलेको दिल्ली ४ अंक नै भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

यो पनि हेर्नुस्- 

भारतमा भाइरस भयावहः मृत्यु हुनेको संख्या १ लाख नजिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्