गाँजासहित तीन पक्राउ – Janadesh Daily | ePaper

गाँजासहित तीन पक्राउ


वाग्मती ।


दश केजी गाँजासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी लेवटबाट खटिएको टोलीले हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुवाहक म्याजिक चेक गर्दा त्यसमा सवार यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१९ का ४६ वर्षीय वीरबहादुर घलान, मनहरी गाउँपालिका–५ का ४० वर्षीया सृजना तामाङ र कैलाश गाउँपालिका–१० का २४ वर्षीय प्रकाश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुले बोकेको झोलामा १० केजी दुई सय ८८ ग्राम गाँजा फेला परेको बताइएको छ । गाँजासहित पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्