आइपिएलमा फेरि हार्‍यो चेन्नाई, कोलकाताको तेस्रो जित – Janadesh Daily | ePaper

आइपिएलमा फेरि हार्‍यो चेन्नाई, कोलकाताको तेस्रो जित


इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले तेस्रो जित हात पारेको छ ।

यूएईमा जारी १३औँ संस्करणको प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।

चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७/१७ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी ११ रनमा आउट भए । रविन्द्र जडेजा २१ रनमा अविजित रहदा केदार जाधबले अविजित ७ रन बनाए ।

कोलकाताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १ सय ६७ रन बनाएको थियो । अन्य ब्याट्सम्यानको खासै ठूलो योगदान रहेन ।

जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्