तपाइँको जिन्दगी बदलिदिने ५ स्वास्थ्य टिप्स – Janadesh Daily | ePaper

तपाइँको जिन्दगी बदलिदिने ५ स्वास्थ्य टिप्स


जनादेश स्वास्थ्य डेस्क ।

साँच्चिकै जीवनमा स्वास्थ्यमा समस्या आउनासाथ जीवन समस्याग्रस्त हुनपुग्छ । तर स्वस्थ जीवन जिउने हो भने चाँहि जीवन सहज हुन सक्छ ।
साना साना कुरामा ध्यान दिँदा पनि जीवन स्वस्थ हुन सक्छ जसले तपाइँको शारीरिक मात्र होइन मानसिक तन्दुरुस्तीमा समेत भूमिका खेल्छ ।

तपाइँले आफ्ना साथीभाइ र परिवारका सदस्यलाई समेत उदाहरण बनेर देखाउन सक्नु हुन्छ । साना साना कुरामा परिवर्तन गर्नुस् परिणाम आफै देख्नु हुनेछ ।

यहाँ जीवन बदल्ने ५ स्वास्थ्य सल्लाह प्रस्तुत गरिएको छः

१- हिँडिरहनुस्
शारीरिक तन्दुरुस्तीका लागि विभिन्न अभ्यास छन् । तर हिंडडुल जति उत्कृष्ठ शारीरिक ब्यायाम केही पनि हुँदैन । दैनिकरुपमा छोँटो छोंटो दुरी भएपनि हिँड्ने बानी गर्नुस् । दिनमा १० मिनेटको दुरीमा मात्र हिँड्दा पनि तपाइँको शरीर धेरै मात्रामा स्वस्थ हुन्छ । बाहिर हिँड्न अनुकुल नभएको समयमा घरमै आगन वा छतमा वरपर गर्दै हिँड डुल गर्नुस् ।

२- पानी प्रयाप्त पिउनुस्
मानव जीवन स्वस्थ हुनका लागि पानीको मात्रा महत्वपूर्ण हुन्छ । पानीको मात्रा कमी भएको अवस्थालाई डिहाइड्रेसन भनिन्छ । पानीको मात्रा प्रयाप्त हुँदा शरीरमा पाचन प्रणाली देखि अंगहरुको परिचालनका लागि महत्वपूर्ण हुन्छ । पानीले नै शरीरमा भएको विषाक्त पदार्थ समेत बाहिर फाल्न सहयोग गर्छ । फलफूलका जुस पनि शरीरको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । पानी शरीरका लागि सबैभन्दा महत्वपूर्ण अवयव हो ।

३- स्वच्छ हावा र घाम
घाममा हिँडडुल गर्नुका धेरै फाइदा छन् । तपाइँको छाला घाममा पर्दा शरीरमा भिटामिन डी पैदा हुन्छ । शरीरमा रहेको क्याल्सियम उपयोग हुनका लागि भिटामिन डी अनिवार्य हुन्छ । यसले तपाइँको हाड तथा अस्तिपञ्जर प्रणालीको संरचनालाई बलियो पार्छ । भिटामिन डी को कमि हुँदा कुनै कुनै क्यान्सर, मोटोपन, उच्च रक्तचाप, मधुमेह लगायतका जोखिम हुन्छ । घाममात्र भिटामिन डीको श्रोत भने होइन दही घ्यू, लगायतका पदार्थमा पनि भिटामिन डी पाउँछ ।

४- आराम र निद्रा
राम्रो निन्द्राको महत्व स्वस्थ शरीरका लागि सबैभन्दा बढी छ । तनाव भरिएको आधुनिक जीवनमा आराम र प्रयाप्त निद्राले मात्र शरीरमा उर्जाको पुनर्ताजगी हुन्छ । अप्रयाप्त निद्राले थकान, उदासिनता र तनाव वृद्धी गर्छ । निद्रा नपुगे सम्झीने क्षमता देखि निर्णय लिने क्षमता सम्म प्रभावित हुन्छ । प्रयाप्त आराम र निद्रामा सँधै ध्यान दिनुस् ।

५- प्राकृतिक खानपान
पछिल्लो समयमा फाष्टफुड र प्याकेज फुडको चलन बढ्दै गएको छ । यस्ता खाना स्वास्थ्यका लागि भने लाभदायक मानिँदैनन् । अधिकाँश फाष्ट फुड र जंङ्क फुड भनिने प्याकेज फुडमा शरीरलाई हानी गर्ने पदार्थको मात्रा बढी हुन्छ । खानामा जहिले पनि ताजा तरकारी र फलफूलको मात्रा उच्च राख्नुस् । अत्याधिक पिरा वा गुलिया खानाले शरीरलाई हानी गर्छन् । ताजा तरकारी, काजु किसमिस, ओखर जस्ता सुकेका मेवा फल शरीरका लागि अत्यन्तै लाभदायक हुन्छन् । त्यसैगरी नुहाइ धुवाइ र सरसफाइ पनि महत्वपू्ण हुन्छ ।

यी ५ स्वास्थ्य सल्लाहमा ध्यान दिनु भो भने तपाइँको शरीर मात्र नभएर जीवन नै स्वस्थ हुन सक्छ ।

यो पनि हेर्नुस्-

स्वास्थ्य सुझावः विहानमा गर्नै हुँदैन यी ५ गल्ती

तपाइँलाई पसिना आउँछ कि आउँदैन, आउँदैन भने हुन सक्छ यी ५ जोखिम

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्