मृगौला पीडित बबईका बोटेको गोवामा मृत्यु – Janadesh Daily | ePaper

मृगौला पीडित बबईका बोटेको गोवामा मृत्यु


चन्द्रप्रकाश नेपाली

दाङ ।  दाङको बबई गाउँपालिका वडा नं. ५ हुरूम निवासी मृगौला पीडित तिलक बोटेको भारतको गोवामा मृत्यु भएको छ ।

दुवै मृर्गाैला फेल भएका बोटेको भारतको गोवा राज्य स्थित गोवा मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । मृतक बोटेलाई नेपाल घर ल्याउने तयारी गरिएको छ ।
बर्षाले शान्तिनगरमा एक घर भत्कियो शान्तिनगर, २ साउन शान्तिनगरमा लगातरको बर्षाका कारण एक घर भत्किएको छ ।

शान्तिनगर गाउँपालिका २ अमुवा ढाँकाचौर निवासी डिल वहादुर परियारको टिनले छाएको घर बर्षा कारण भत्किएको हो ।
गत असार २६ गते बर्षाले घरको जग भासिएको थियो । घर पुर्ण रुपमा भत्किएको परियारले जानकारी दिनुभयो ।

घर भत्किदा परियारको परिवार घरबार विहिन भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्