संयुक्त राष्ट्र संघ दिवस र नेपाल – Janadesh Daily | ePaper

संयुक्त राष्ट्र संघ दिवस र नेपाल


प्रथम विश्व युद्धको विभीषिकाबाट तहस नहस विश्वलाई शान्ति तथा विकासको बाटोमा अग्रसर गराउने ध्येयले राष्ट्र संघको स्थापना भए पनि यसको असफलताले अझ विभत्सता र व्यापक धन जनको क्षति भयो दोश्रो विश्व युद्धबाट धेरै कुरा थाह भयो ।

यसबाट पाठ सिकेका तत्कालिन राजनेताले विश्वमा शान्ति र सुरक्षाका लागि प्रभावकारी भूमिका खेल्न सक्ने त्यो भन्दा सशक्त अन्तर्राष्ट्रिय संगठनको कल्पना गर्नु र त्यसको स्थापनाका लागि पहल गर्नु अस्वभाविक थिएन ।

विश्वमा शान्ति स्थापना, दिगो तथा सन्तुलित विकासका आयामलाई सबलीकरण गर्ने अनि साना–ठूला सबै राष्ट्र–राज्यको सार्वभौमिकता र पारस्परिक हितका आयामलाई प्रवद्र्धन गर्ने सवालमा संयुक्त राष्ट्र संघको भूमिका रहिआएको छ ।

एक्काइसौँ शताब्दीका प्रमुख चुनौती जलवायु परिवर्तन तथा यसका वातावरणीय असर, सन्तुलित तथा दिगो विकास, मानवअधिकारको पूर्ण प्रत्याभूति, आतङ्कवाद निर्मूल, धनी र गरिब देशका जनताका बीचका आर्थिक असमानतालाई कम गर्ने लगायतका मुद्दाको समाधानको दिशामा यो विश्व संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

यसरी सन् १९४५ अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र संघको स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष अक्टोबर २४ तारिखमा राष्ट्रसंघ दिवस विशेष कार्यक्रमका साथ मनाइन्छ ।

विश्वमा दिगो शान्ति, सदस्य राष्ट्र–राज्यहरूको सार्वभौम अधिकार र राष्ट्रिय अखण्डता तथा न्यायपूर्ण दिगो विकासका लागि विगत लामो समयदेखि संयुक्त राष्ट्र संघले महत्वपूर्ण नेतृत्वदायी र समन्वयकारी भूमिका खेल्ने प्रयासलाई जारी राख्दै आएको भए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिएको छैन ।

विशेषतः अतिविपत्र तथा शक्तिविहीन राष्ट्रहरूको राष्ट्रिय स्वाधीनता तथा ती राष्ट्रमा बसोबास गर्ने लाखौँ जनताको गरिबी निवारणप्रतिको प्रयास तथा न्यूनतम आधारभूत आवश्यताको परिपूर्तिका सवाल र मानवअधिकारको संरक्षण, प्रवद्र्धनका दिशामा राष्ट्रसंघले जुन महत्वपूर्ण सहजीकरणको भूमिका खेल्न सक्नुपर्ने थियो ।

जसअनुसारको कार्य हुन सकेको छैन । यस्ता राष्ट्र र जनताका समग्र विकासका आयाम, रूपान्तरण, राजनीतिक तथा नागरिक अधिकारको प्रवद्र्धनका क्षेत्रमा संयुक्त राष्ट्र संघ लगायत यसका विशिष्टिकृत संस्थाहरूले अझ प्रभावकारी तथा परिणाममुखी कार्य गर्नु आवश्यक छ ।

सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयुक्त राष्ट्र संघ दिवस मनाइन्छ, सन १९७१ को संयुक्त राष्ट्र संघको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो ।

आजका दिनमा विभित्र कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयुक्त राष्ट्र संघको गठन, कार्य र ध्येयका बारेमा जानकारी गराइन्छ । हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयुक्त राष्ट्र संघ सप्ताह मनाइनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयुक्त राष्ट्र संघ दिवसका रुपमा मनाइन्छ ।

पहिलो र दोश्रो विश्व युद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र युद्धका पीडामा विश्व शान्ति र सद्भाव कायम गर्ने मध्यस्थता गर्नका लागि पुरानो लिग अफ नेशन्सले भूमिका खेलेको थियो ।

दोश्रो विश्व युद्धको विध्वंश र विनाशले अमेरिका, वेलायत, सोभियत युनियनलाई संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही युद्धरत राष्ट्रबाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयुक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४ का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयुक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयुक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशले पनि पुष्टि र सहमति जनाएका हुन् ।

संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रमा विश्व शान्ति तथा सद्भावको वकालत अनि आधारभूत मानव अधिकारको प्रत्याभुति प्रवद्र्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतिक प्रकोप र हिंसाभएमा शान्तिको पुनस्र्थापना अनि पीडितलाई सहयोग गर्ने कार्य गर्दछ ।

यो एउटा अन्तर्राष्ट्रिय संस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व युद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्ने गरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाका लागि अनि पहिला र दोश्रा विश्व युद्धजस्ता आततायी युद्धहरु पुनः हुन नदिनका लागी संयुक्त राष्ट्रसंघको स्थापना गरिएको हो ।

संयुक्त राष्ट्र संघको अन्तर्गत विभित्र लक्षित क्षेत्र र विषयमा कार्य गर्नका लागि विशिष्ट संस्थाहरु छन् जस्तै खाधात्र र कृषिका लागि विश्व खाद्यात्र तथा कृषि संस्था, अन्तर्राष्ट्रिय आणविक उर्जा संस्था, बालबालिका र महिलाका लागि युनिसेफ आदि र यी संस्थाका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आआफ्नै तटस्त र मानवीय आधारहरु हुन्छन् ।

एक सक्षम तथा सक्रिय सदस्यका रुपमा हाम्रो देशको कुरा गर्ने हो भने सन् १९५५ देखि नै अन्तर्राष्ट्रिय मन्चमा नेपालको प्रतिनिधित्व तथा आफ्नो राष्ट्रिय स्वार्थ सम्बर्धन र प्रबद्र्धनका पक्षमा संघमा प्रभावकारी भूमिका बहन गर्दै आइरहेको छ ।

नेपालको योगदान विशेष गरी शान्ति स्थापना कार्यमा उल्लेखनीय छ । अल्प विकसित तथा भूपरिवेष्ठित राष्ट्रका पक्षमा सक्रिय तथा नेतृत्वदायी भूमिका बहन तथा संघका विभित्र मञ्चहरुमा नेपालको प्रतिष्ठा बढाउने कार्यमा नेपालको भूमिका अन्तर्राष्ट्रिय समुदायबाट प्रशंसनीय छ ।

यस क्रममा नेपालले महासभाको उपसभापति, आर्थिक तथा सामाजिक समितिको सदस्य, महासभा अन्तर्गतका विभित्र समितिको सभाध्यक्ष, सन् १९६९/७० तथा १९८८/८९ मा सुरक्षा परिषद्को सदस्य तथा अन्य विभित्र समिति तथा मञ्चमा प्रभावकारी रुपमा नेतृत्वदायी भूमिका बहन गर्दै आइरहेको छ ।

हाल नेपाल महासभाको उपाध्यक्ष र लगातार तीन वर्षदेखि जनरल कमिटीको सदस्य रहँदै आएको छ जुन नेपालको सक्रिय भूमिका एवम् त्यसप्रति अन्र्तराष्ट्रिय समुदायको पहिचानको द्योतक हो ।

यसर्थ संयुक्त राष्ट्र संघको सफलतामा मात्र विश्वमा शान्ति, विकास, मानव अधिकारको संरक्षण र संवद्र्धन, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध, प्रगति, मानव समाज तथा सभ्यताको रक्षा र समृद्धि सम्भव छ । विश्वव्यापीकरण युगको समकालिन विश्वले सामना गरेका समस्याको समाधान तथा चुनौतीको सामना कुनै एक राष्ट्रको प्रयासमा मात्र सम्भव छैनन् ।

जसका लागि राष्ट्रहरुको सहकार्य अपरिहार्य छ र यसका लागि बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा संयुक्त राष्ट्र संघ र यसको प्रभावकारी भूमिका रहेको छ ।

सुरुका ५१ सदस्यबाट १९३ राष्ट्रको बृहत परिवारका रुपमा बहुपक्षीय कुटनीतिको केन्द्र बत्र पुगेको संगठनले खेल्नु पर्ने भूमिका बदलिंदो विश्व परिवेशसंगै बहुआयामिक, गहन, जटिल तथा चुनौतिपूर्ण बत्र पुगेको छ । जसको सुझबुझपूर्ण निर्वाह तथा व्यवस्थानमा नै यसका सफलताका मापदण्ड तोकिन सक्दछन् ।

अन्त्यमा भन्नुपर्दा संयुक्त राष्ट्र संघले यो लामो यात्रामा मानव समाजलाई तेश्रो विश्व युद्धको विभिषिकाबाट बचाउनु तथा माथि उल्लिखित उपलब्धिका बाबजुद यसको इतिहास र वर्तमान आलोचनामुक्त र भविष्य चुनौतिविहीन भने छैन ।

शस्त्रीकरण, विभित्र देश तथा क्षेत्रमा जारी जातीय द्वन्द्व तथा गृह युद्ध, शरणार्थी समस्याको बढ्दो चुनौती, धनी र गरीब राष्ट्रबीच तथा राष्ट्रभित्रै विद्यमान आर्थिक असमानता, गरिबी तथा भोकमरी, वातावरणीय विनास, जलवायु परिवर्तन, विभेदपूर्ण अन्तर्राष्ट्रिय आर्थिक संयन्त्र लगायतका चुनौती खडा भएका छन् ।

यिनले दिगो विकासको प्रयासमा अवरोध तथा शान्ति सुरक्षाको प्रतिकूल परिस्थिति निर्माण तथा मानव अधिकारको संवद्र्धन तथा संरक्षणमा बाधकको रुपमा काम गरिरहेका छन् । र, यी चुनौतीको सफल सामना नै यसको प्रभावकारी भूमिकाको मानक हुने छ ।

राष्ट्रसंघको कार्यगत सफलता÷असफलताका पछाडि विश्वमञ्चमा प्रभावकारी तथा रणनीतिक महत्व राख्ने अमेरिका, रुस, बेलायत तथा चीनजस्ता देशहरूको सव्रिmयता तथा विश्व शान्ति र स्थायित्वका साझा सवालमा समान दृष्टिकोणको विकास तथा त्यस अनुसारको व्यवहार नदेखिनु विडम्बनापूर्ण छ ।

हाल विश्वका अति द्वन्द्वग्रस्त मुलुक सिरियाको सवाल, उत्तर कोरियाको आणविक हतियारको विकास तथा मिसाइल परीक्षणको निरन्तरता र उत्तर कोरियालाई हेर्ने अमेरिका तथा रुस र चीनको, भारत पाकिस्तान आदि देशका असमान दृष्टिकोण र बुझाइ अनि व्यवहार, इरानको आणविक कार्यक्रम, अफगानिस्तान, इराक तथा युव्रmेनजस्ता राष्ट्रका समस्यालाई सम्बोधन गर्ने र दिगो शान्तिका विकल्पलाई सहजीकरणका यावत् विषयमा यस्ता सामरिक महत्वका राष्ट्रको समान दृष्टिकोण बत्र नसक्नु विश्व शान्ति र स्थायित्वका लागि चुनौतीका रूपमा तेर्सिएको छ । यसका साथै राष्ट्रसंघको सफलता असफलताका कसीका रूपमा पनि यिनै उदाहरण देखिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्