काठमाडौँ । यतिखेर बलिउडमा नातावादको विषय चर्किरहेको छ । अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यापछि यो विषयले बलिउड तताएको हो । सुशान्तको मृत्युपछि अभिनेत्री कंगना रनावतले यसको कारणमध्ये नातावाद पनि रहेको कुरा बोलेकी थिइन् । त्यसपछाडि बलिउडमा पक्ष विपक्षमा बोल्नेहरु थपिएका छन् ।
