एजेन्सी ।
कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्य रायको श्वासप्रश्वासमा समस्या देखिएको छ ।
श्वास फेर्न समस्या भएलगत्तै ऐश्यर्यलाई नानावीत अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ऐश्वर्यलगाउत उनका परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको छ ।
ससुरा अमिताभ बच्चनलाई कोरोना संक्रमण देखिएपछि ऐश्वर्यलगाएत सबै परिवारका सदस्यले कोरोना परीक्षण गराएका थिए । जसमा ऐश्वर्यका पति तथा अभिनेता अभिषेक बच्च, सासु जया बच्च र छोरी आराध्या बच्चनमा कोरोना पुुष्टि भएको थियो ।