पूर्वराष्ट्रपति बुसले भने- चुनावमा धाँधली भएको छैन, ट्रम्पमाथि परिवारकै पनि दबाब – Janadesh Daily | ePaper

पूर्वराष्ट्रपति बुसले भने- चुनावमा धाँधली भएको छैन, ट्रम्पमाथि परिवारकै पनि दबाब


एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी नतिजा अस्वीकार गरिरहेको भएपनि उनकै पार्टीका पाका नेताहरुले चुनावको निष्पक्षताबारे प्रश्न उठाउन नहुने बताएका छन् ।

ट्रम्पले चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएको भएपनि उनकै पार्टीका पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले चुनाव आधारभूतरुपमा निष्पक्ष र पारदर्शी रहेको बताएका हुन् ।

बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका बुसले चुनाव आधारभुत रुपमा पारदर्शी र धाँधलीरहित रहेको बताएका हुन् । तर कानूनी मार्गमा जान राष्ट्रपति ट्रम्प स्वतन्त्र रहेको उनको भनाई छ ।

बाराक ओबामा भन्दा अघि दुई कार्यकाल ह्वाइट हाउसमा रहेका रिपब्लिकन पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।

बुसले चुनावको नतिजा स्पष्ट र पारदर्शी रहेको उल्लेख गरेका छन् । बुसले जारी गरेको वक्तव्यमा बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको र उनीहरुको नेतृत्वमा देश एकीकृत हुने विश्वास रहेको बताएका छन् ।

बुसले लेखेका छन्, ‘हामीबिच राजनीतिक भिन्नता छन्, मलाई थाहा छ जो बाइडेन असल व्यक्ति हुन् । उनले हाम्रो देशलाई एकीकृत गर्ने अवसरमा जित हाँसिल गरेका छन् ।’

ट्रम्पले चुनावी नतिजा उल्ट्याउने प्रयासस्वरुप अदालतको ढोका ढकढकाइरहेको भएपनि प्रथम महिला मिलानिया ट्रम्प र ज्वाईँ जेरार्ड कुस्नरले नतिजा स्वीकार गर्न सल्लाह दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् ।

 

यो पनि हेर्नुस्- जो बाइडेनले थाले ह्वाइट हाउसको तयारी, ट्रम्पका केही निर्णय तत्काल उल्ट्याउने

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्