स्पेनिस ला लिगा फुटबलः भिल्लासँग बराबरीमा रोकियो रियल – Janadesh Daily | ePaper

स्पेनिस ला लिगा फुटबलः भिल्लासँग बराबरीमा रोकियो रियल


एजेन्सी ।

स्पेनिस ला लिगाको साविक विजेता रियल मड्रिड शनिबारको खेलमा भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

भिल्लाको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा रियलले बराबरीमा चित्त बुझाएको हो । खेलको दोस्रो मिनेटमा मारीयानो डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७६ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । रियलका गोलकिपर थिबाउट कोर्टुवाले आफ्नो डिबक्स भित्र स्यामुएललाई फाउल गर्दै लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो । जसमा मोरेनोले सहजै गोल गरे ।

यस बराबरीसँगै रियलले शीर्ष दुईमा उक्लने मौका गुमाएको छ । रियलले ८ खेलमा १६ अंक जोडेको छ । रियल तालिकाको चौंथो स्थानमा रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्