स्पेनिस ला लिगा फुटबलः एथ्लेटिकोसँग बार्सा पराजित – Janadesh Daily | ePaper

स्पेनिस ला लिगा फुटबलः एथ्लेटिकोसँग बार्सा पराजित


एजेन्सी ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत पछिल्लो खेलमा बार्सिलोना एथ्लेटिको मड्रिडसँग पराजित भएको छ । शनिबार भएको खेलमा मड्रिडले बार्सिलोनालाई १–० ले पराजित गरेको हो ।

एथ्लेटिकोको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा यानिक कार्रास्कोले गरेको गोल नै निर्णायक बन्यो ।

दोस्रो हाफमा बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके घुँडामा चोट लागेका कारण मैदानबाट बाहिर निस्कन बाध्य भए । उनको चोटको अवस्था यकिन रुपमा थाहा भएको छैन । तर उनी अधिकतम ६ महिना मैदान बाहिर हुन सक्ने बताइएको छ ।

हारपछि १० औँ स्थानको बार्सिलोनाको ८ खेलबाट मात्रै ११ अंक छ । उ शीर्ष र दोस्रो स्थानका रियल सोसिडाड र एथ्लेटिको मड्रिड भन्दा ९ अंकले पछि रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्