सेयर तथा घर कर्जा खुकुलो – Janadesh Daily | ePaper

सेयर तथा घर कर्जा खुकुलो


घर तथा सेयर कर्जा खुकुलो

कारोबार संवाददाता

बैंकबाट ऋण लिएर घर किन्न चाहने उपभोक्तालाई केही राहत भएको छ । साथै, नेपाल राष्ट्र बैंकले सेयर कर्जामा पनि केहि राहत दिएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार आर्थिक वर्ष २०७७–७८ को मौद्रिक नीति सार्वजनिक गर्दै निजी आवास कर्जाको सीमा ६० प्रतिशत कायम गरेको छ । यसअघि यो सीमा ५० प्रतिशत थियो ।

तर यो सुविधा हाउजिङ व्यवसायीबाट व्यवस्थित सञ्चालन गरिएको आवास परियोजनाका घर किन्नेले मात्र पाउने छन् । व्यक्तिगत पहिलो घर निर्माणका लागि प्रवाह गर्ने कर्जामा भने राष्ट्र बैंकले कडाई गरेको छ ।

गत कार्तिकमा घरजग्गा तथा रियलस्टेट कर्जासम्बन्धि व्यवस्थामा संशोधन गर्दै राष्ट्र बैंकले ‘फस्र्ट होमबायर’ का लागि धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण सुविधा पाइने व्यवस्था गरेको थियो ।

त्यसको सात महिनापछि आएको मौद्रिक नीतिले यसलाई उल्ट्याएर राष्ट्र बैंकले पहिलो घर निर्माणकर्तालाई दिने ऋणको सिमा ६० प्रतिशत बनाएको हो ।

अन्य घरजग्गा तथा रियल इस्टेट कर्जाको हकमा भने कर्जा सुरक्षण मूल्य अनुपातको सीमा मौद्रिक नीतिले परिवर्तन गरेको छैन ।
राष्ट्र बैंकले सेयर कर्जामा पनि केहि राहत दिएको छ । बैंकहरुले अब प्राथमिक पूँजीको ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छन् ।

उसअघि सेयर धितो राखी पाइने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशत रहेको थियो ।

स्रोतः आजको कारोवार दैनिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्