कोरोना अपडेट : देशभर थप १ हजार ७०३ जनामा संक्रमण, २३ संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

कोरोना अपडेट : देशभर थप १ हजार ७०३ जनामा संक्रमण, २३ संक्रमितको मृत्यु


जनादेश, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ७०३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप १ हजार २३६ जना डिस्चाज भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ । हाल देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाबाट आज देशभर थप २३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ हजार ४३५ पुगेको मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्