मेरो जित सबै व्यवसायीको जित हो, मिलेर काम गर्छौं- चन्द्र ढकाल – Janadesh Daily | ePaper

मेरो जित सबै व्यवसायीको जित हो, मिलेर काम गर्छौं- चन्द्र ढकाल


जनादेश, काठमाडौं ।
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यवसायी चन्द्र ढकालले आफू कुनै प्यानलको भन्दा पनि सबै उद्योगी व्यवसायीको प्रतिनिधि भएको बताएका छन् ।

५४ औँ वार्षिक साधारणसभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका ढकालले चुनावमा प्यानल भएपनि अब काममा त्यस्तो नहुने बताए ।

विजयी भएपछि ढकालले भने, ‘मैले यो भन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्ष विपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्ष भन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौँ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसँग गर्ने एड्भोकेसी हामीले गर्नेछौँ । मेरो जीत भनेको सम्पूर्ण व्यवसायीक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।’

वस्तुगत तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर तर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा जिल्ला नगर तर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ ।

कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत पाए । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाएका छन् ।

त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित भएका छन् । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । आइतबार बिहानै नतिजा घोषणा भएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले चन्द्र ढकाल महासंघका आगामी अध्यक्ष समेत बनेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्