जनादेश, काठमाडौं ।
स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी अभिनेत्री श्वेता खड्काले पुनः विवाह गर्ने तयारी गरेकी छिन् । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।
अभिनेता श्रेष्ठको निधको ६ वर्षपछि श्वेता दोस्रो विवाह गर्न लागेकी हुन् । यही मंसिर २२ गते बिहे गर्ने मिति तोकिएको श्वेता खड्काले सञ्चारमाध्यमसँग बताएकी छन् ।
उनको विवाहको निम्तो कार्डसमेत बाँडिसकिएको जानकारी चलचित्र क्षेत्रका लागि व्यक्तिहरुले बताएका छन् ।
नायिका खड्काले नायक श्रेष्ठसँग २०७१ असार २३ गते विवाह गरेकी थिइन्। बिहे भएको १ महिनापछि नै अभिनेता श्रेष्ठको निधन भएको थियो ।