बाजुरामा प्रहरीमाथि ढुङ्गामुढा, दुई घाइते – Janadesh Daily | ePaper

बाजुरामा प्रहरीमाथि ढुङ्गामुढा, दुई घाइते


बाजुरा ।

जिल्लाको बूढीगङ्गा नगरपालिका–७ का युवक दिलीप केसीको समूहले शनिबार प्रहरीमाथि ढङ्गामुढा प्रहार गरेको छ । स्थानीय पारस रावतलाई कुटपिट गरेको भनेर पीडितले प्रहरीकहाँ निवेदन दिएका आधारमा बूढीगङ्गा–७ का वडाध्यक्ष भुवन केसीका छोरासमेत रहेका दिलीपलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय गाउँलेलाई खबर गरेपछि गाउँमाथिबाट एकाएक प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो ।

बेतालमाडौँ बजारमा व्यवसाय गर्दै आएका पारस रावतमाथि स्थानीय युवाहरुले कुटपिट गरेको निवेदनका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा र दिलीप केसीले ढोका नखोल्दा प्रहरीलाई माथिबाट भएको ढुङ्गामुढाबाट दुई प्रहरी जवान घाइते भएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता दानबहादुर रोकायाले जानकारी दिनुभएको छ ।

घाइते प्रहरी जवानको टाउको र कम्मरमा चोट लागेको छ । ढुङ्गामुढा प्रहारबाट रिठ्ठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान घाइते भएका छन् । घाइते जवान अछामको बयालपाटा अस्पतालमा उपचारपछि चौकी फर्किएका छन् । प्रहरीमाथि ढुङ्गामुढा प्रहार गर्ने केसीसहितका युवालाई प्रहरीले खोजिरहेको छ ।

पहिरोले विद्यालयको भवन जोखिममा

जिल्लाको गौमुल गाउँपालिका–१ माडीमा रहेको महादेव आधारभूत विद्यालयको नवनिर्मित भवनको माथिबाट पहिरो आउँदा लाखौँ मूल्यको नोक्सानी भएको छ । निर्माण सम्पन्न नहँुदै उक्त विद्यालयको माथिबाट पहिरो खस्दा नवनिर्मित भवन पूरै भत्किने अवस्थामा पुगेको स्थानीय सुरेन्द्र रोकायाले जानकारी दिनुभएको छ । लगातारको वर्षाका कारण सांसद विकास कोषको रु २० लाखभन्दा बढी बजेटमा निर्माण भइरहेको भवन पहिरोले बगाउने अवस्थामा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्