प्रस्तावित सुरक्षा कानूनको विरोधमा फ्रान्समा हिंसात्मक प्रदर्शन – Janadesh Daily | ePaper

प्रस्तावित सुरक्षा कानूनको विरोधमा फ्रान्समा हिंसात्मक प्रदर्शन


एजेन्सी ।

फ्रान्समा सरकारले प्रस्ताव गरेको सुरक्षा कानुनको विरोधमा हिंसात्मक प्रदर्शन भएको छ । विवादास्पद सुरक्षा कानुन मस्यौदाको विरोधमा हिंसात्मक प्रदर्शन भएको हो ।

प्रदर्शनकारीले राजधानी पेरिसका सडकमा दर्जनौं सवारीसाधनमा आगजनी तथा पसल तोडफोड गरेपछि प्रहरीले टियर ग्यास प्रहार गरेको छ।

कानुनका विरोधमा शनिबार फ्रान्सभर करिब १ सय प्रदर्शन भएका थिए । प्रहरीले २२ प्रदर्शनकारीलाई हिरासतमा लिएको छ। गलत उद्धेश्य भएका प्रहरीको फोटो खिच्नु गैरकानुनी हुने गरी तयार पारिएको उक्त कानुनको विरोधमा देशव्यापी प्रदर्शन भएको हो।

कानुन प्रेस स्वतन्त्रताविरोधी भएको भन्दै आलोचना पनि भइरहेको छ। कानुन उल्लंघन गर्नेलाई १ वर्ष जेल र ५४ हजार डलरसम्म जरिवानाको प्रस्ताव गरिएको छ।

फ्रान्समा एक सातादेखि देशव्यापी आन्दोलन भइरहेको छ। तीन गोरा प्रहरीले एक काला जातिका म्युजिक प्रोड्युसरलाई दुव्र्यवहार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रदर्शन अझ चर्किएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्