एजेन्सी ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले तत्कालीन ओबामा प्रशासनका फेबरेट सैनिक जनरललाई रक्षामन्त्री बनाउने तयारी गरेका छन् ।
बाइडेनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई रक्षा मन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।
अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गरेका उच्च सैन्य सम्हालेका थिए ।
अस्टिन रक्षामन्त्री बनेमा अमेरिकी इतिहासमा अफ्रिकन-अमेरिकन भएर यो पदमा पुग्ने पहिलो अश्वेत अमेरिकी हुने रोयटर्सले जनाएको छ ।