अमेरिकामा पनि फाइजरको कोरोना खोप लगाउन स्वीकृति – Janadesh Daily | ePaper

अमेरिकामा पनि फाइजरको कोरोना खोप लगाउन स्वीकृति


एजेन्सी ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको छ । अनुमति पाएसँगै अब केहि दिनमै देशभर भ्याक्सिन पुर्‍याइने र अभियान सन्चालन गरिने जनाइएको छ ।

फाइजर तथा बायोएनटेकले तयार पारेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी मानिएको छ । एफडीएले अहिले आपतकालीन प्रयोगका लागि मात्रै अनुमति दिएको हो । स्थायी अनुमतिका लागि फाइजरले फेरि अलग्गै आवेदन दिनुपर्नेछ ।

एफडीए प्रमुख डा. स्टीफन हानले यो स्वीकृति कोभिड महामारीविरुद्धको लडाइँमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । यसअघि फाइजरको भ्याक्सिनलाई बेलायत, बहराइन, साउदी अरब र क्यानडाले स्वीकृति दिइसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्