नेपाली सेनाका अधिकृत बेलायतमा सम्मान – Janadesh Daily | ePaper

नेपाली सेनाका अधिकृत बेलायतमा सम्मान


–कृष्णप्रसाद शर्मा ।

नेपाली सेनाका एक अधिकृतलाई बेलायतमा एक अन्तरराष्ट्रिय सम्मान दिइएको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका निवासी २१ वर्षीय पिटर थापा नेपाली सेनामा सेकेण्ड लेफ्टिनेन्टका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

बेलायतको स्याण्डहष्टस्थित सैनिक महाविद्यालयले यस वर्षको सर्वोत्कृष्ट घोषणा गरी थापालाई अन्तरराष्ट्रिय ‘तरबार’ पुरस्कारस्वरुप प्रदान गरेको थियो ।

हरेक वर्ष विश्वका विभिन्न देशका सैनिक अधिकृतलाई बोलाएर वर्षभरि दिइने तालीममा अग्रथानमा आउने थापा नै नेपाली सेनातर्फबाट पहिलो अधिकृत हुनुहुन्छ । नेपालको सैनिक महाविद्यालयमा अधिकृत क्याडेट तालीमबाट सर्वोत्कृष्ट हुनेलाई सेकेण्ड लेफ्टिनेन्ट बनाई बेलायतमा हुने त्यस प्रकारको तालीममा पठाइन्छ । थापा दुई वर्षअघि मात्र नेपाली सेनामा भर्ती हुनुभएको थियो ।

सो सम्मान पाएसँगै उहाँ आवश्यक परे बेलायती सेनाका जवानलाई तालीम दिने प्रशिक्षकका रुपमा समेत योग्य हुनुभएको छ । उक्त सम्मान तथा समापन कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी तथा अन्य कर्मचारीको समेत सहभागिता थियो । लण्डन, रासस ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्