जनादेश, क्वाललम्पुर ।
मलेसियामा कार्यरत एक नेपाली कामदारको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटीगार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको कोरोना लागेर मृत्यु भएको पुष्टि भएको हो ।
दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको थियो ।
मलेशियामा पछिल्लो समय कोरोनाका कारण धेरै श्रमिकहरु पीडित भएका छन् । सो कम्पनीमा कार्यरत २५ सयभन्दा धेरै श्रमिकमा कोरोना संक्रमण भएपछि मलेसिया सरकारले सो कम्पनीका अधिकांश फ्याक्ट्री सिल गरेको द स्टर अनलाइनले जनाएको छ ।
सोही कम्पनीमा काम गर्ने हजारौं कामदारलाई संक्रमणबाट बचाउने प्रयास गर्दा नेपाली कामदार युवराज खड्कालाई कम्पनीले जागिरबाट निकालि स्वदेश फिर्ता पठाएको बताइएको छ ।
खड्काले सहकर्मी कामदारहरुले अत्यन्तै भीडभाडयुक्त स्थितिमा ठूलो जोखिममा काम गरिरहेका २ तस्वीर खिचेका थिए ।