उखु किसानको बक्यौता रकम भुक्तानी नदिएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन – Janadesh Daily | ePaper

उखु किसानको बक्यौता रकम भुक्तानी नदिएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन


जनादेश, काठमाडौँ ।

गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नदिएका चिनी मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले चार वटा मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो ।

आफ्नो परिश्रमको रकम पाउनुपर्ने माग राख्दै उखु किसान काठमाडौँ आइपुगेका छन् । काठमाडौँ आइुपगेका माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्