संसारकै सबैभन्दा सानो बाँदरः तौल १० ग्राम, लम्बाई २ इन्च – Janadesh Daily | ePaper

संसारकै सबैभन्दा सानो बाँदरः तौल १० ग्राम, लम्बाई २ इन्च


एजेन्सी । इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ ।

जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० ग्राम मात्र रहेको चिडियाघर प्रशासनले जनाएको छ ।

बाँदरको हेरचाह गर्ने हाबी वेबका अनुसार दुई वटा बाँदर नै कपालको डल्लो जस्तो मात्र छन् । उक्त बाँदरहरु भाले वा पोथी अहिलेसम्म छुट्टिएको छैन । यी बाँदर जन्म दिने बाँदरको नाम जो र बाल्ड्रिक हो । मादाको उमेर ३ वर्ष र बाल्ड्रिकको ४ वर्ष रहेको छ ।

हाबीका अनुसार माउ बाँदरले बच्चा जन्मिएको दुई दिनमा नै पिठ्युँमा राखेर घुमाउन सुरु गरेको छ ।

चेस्टर चिडियाघरको डिप्टी क्युरेटर डा. निक डेविसले यो प्रजातिको बाँदर सानो हुने बताएका छन् । यो बाँदर माउलाई आर्कषित गर्न ठूलो आवाज निकालेर चिच्याउँछन् ।

यो बाँदरको प्रजाति पश्चिमी ब्राजिल, पेरु, इक्वाडोर र कोलम्बियाका साथ साथै साउथ अमेरिकाको जंगलमा पाइन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्