बिचित्र संसार: नौ वर्षीय बालकले गरे विश्वविद्यालयको अध्ययन पूरा – Janadesh Daily | ePaper

बिचित्र संसार: नौ वर्षीय बालकले गरे विश्वविद्यालयको अध्ययन पूरा


बिचित्र संसार: नौ वर्षीय बालकले गरे विश्वविद्यालयको अध्ययन पूरा

एजेन्सी ।

चार वर्षउमेर देखि उनी प्राथमिक विद्यालय गएका थिए तर उनका त्यतिबेलाका सहपाठीहरू अहिले माध्यमिक कक्षामा पढ्दै गर्दा लराँ सिमोन्सले विश्वविद्यालयको अध्ययन पूरा गर्दैछन्। त्यो पनि मात्र नौ वर्षको उमेरमा।

बेल्जियमका सिमोन्सले पहिलो कक्षाको पढाइ एक वर्षमा सकेका थिए । त्यसपछि उनी धेरै छिटो सिक्न थाले र अर्को वर्ष उनी कक्षा दुईबाट एकैपटक कक्षा छ मा गए। छ वर्षको उमेरमा उनी माध्यामिक विद्यालय गए र उनले छ वर्षको कोर्स १८ महिनामा पूरा गरे।

त्यसपछि छोटो समय विश्राम लिन उनले आठ वर्षको उमेरमा उनले छ महिना घरमै बिताए। आठ महिनाअघि विश्वविद्यालय गएका उनी डिसेम्बरमा दीक्षित हुँदैछन्।

उनका प्राथमिक विद्यालयका शिक्षकहरूले पनि उनको प्रतिभा विलक्षण भएको भने। त्यसपछि उनी कसरी त्यस्तो परिष्कृत भए भनेर आमाबाबुले खोज्न थाले। त्यति मात्र हैन उनको विकासको गति देखेर विज्ञहरू पनि चकित छन्। उनको स्मरणशक्ति एकदमै बलियो थियो र उनको तीक्ष्णता मापन गर्दा उनले १४५ आईक्यू स्कोर पाए। उनको विश्लेषणात्मक क्षमता पनि गजब नै पाइयो। उनलाई गणित र विज्ञानमा रुचि थियो र पछि भाषाहरूमा पनि चासो दिन थाले।

उनी सुरुमा विद्यालयमा त्यति रमाएनन्। समुद्र तटमा गएर खेल्न रुचाए। तर विश्वविद्यालय जान थालेपछि उनले आफ्नै तरिकाले अध्ययन थाले।उनको दैनिकी कठोर लाग्छ। सोमवार उनी पढाइको परिचय लिन्छन्, मङ्गलवार प्रयोगशालामा जान्छन्, बुधवार उनी अध्ययनमा लीन हुन्छन् र आठ घन्टासम्म पढ्छन्। बिहीवार शिक्षकहरूलाई भेटेर प्रश्न सोध्छन् र शुक्रवार परीक्षा दिन्छन्, उनका बुवाले भने।अरू विद्यार्थीलाई उनको यो चक्र पूरा गर्न १२ हप्ता लाग्छ।

यस्तै मोजार्टले पाँच वर्षको उमेरमा सङ्गीत सृजना गरेका थिए। पिकासोले आफ्नो पहिलो चित्रकला नौ वर्षको उमेरमा कोरेका थिए। तर धेरै बालप्रतिभाहरू परिपक्व हुँदै गएपछि हराउँदै जान्छन्। लराँ केही फरक होलान्? उसले सधैँ जे गरिसक्छु भन्छ त्यो काम पूरा गरेरै छोडेको छ, उनका बुवा भन्छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्