बिचित्र संसार: कोहीपनि नडुब्ने समुन्द्र – Janadesh Daily | ePaper

बिचित्र संसार: कोहीपनि नडुब्ने समुन्द्र


एजेन्सी । विश्वमा अनेकन यस्ता अनौठ स्थान र चिज हरु छन् जुन मान्छेले सुनेर अचम्ममा पर्ने गरेका छन्। पानीले मान्छेलाई जहिले पनि डुबाउने गरेको तथ्य हामी सबैलाई थाहानै छ तर दुनियामा यस्तो समुन्द्र पनि छ जहाँ कुनैपनि मानिस कहिल्यै डुब्दैन । यहाँ बिना लाइफ ज्याकेट पानीमा तैरिन सकिन्छ । कोही पनि डुब्दैनन् ।

जोर्डन र इजरायलको विचमा डेड सी नाम गरेको समुन्द्र छ जहाँ यस्तो अचम्मको दृश्य देख्न पाइन्छ । यसलाई साल्ट सी पनि भनिन्छ । यो समुन्द्रमा नुनको मात्रा धेरै रहेकाले यँहाको पानी बढी चर्को हुन्छ । यसकारण यसमा कुनै जीव नै बस्दैनन् । यस समुन्द्रको पानीलाई सबैभन्दा गहिरो र पानी चर्को भएको पनि भनिन्छ ।

यहाँको पानीमा प्रशस्त मात्रामा खनिज पाइने भएकाले मानिसहरु यहाँ पानीमा गएर सुत्ने गर्छन जसका कारण सरिरमा आवश्यक खनिज प्रबेस गरेर धेरै फाइदा हुने गर्छ ।

डेड सी नामक यो समुन्द्रमा नुहाएमा धेरै रोग पनि निको हुने गरेको पाइएको छ । पानीमा नुनको मात्रा धेरै हुनाले कोही व्यक्तिपनि नडुब्ने भएकाले मानिसहरु यो समुन्द्रमा तैरन मन पराउछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्