रोजगारीका लागि युवालाई निवेदन दिन माग – Janadesh Daily | ePaper

रोजगारीका लागि युवालाई निवेदन दिन माग


जनादेश , रासस ः

काठमाडौँ । सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन चाहने बेरोजगार व्यक्तिको नामावली सङ्कलन गर्न निर्देशन दिएको मन्त्रालयका प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा शाखा अधिकृत कृष्ण पौडेलले जानकारी दिनुभयो छ ।

यही साउन ८ गतेदेखि भदौ ७ गतेसम्म रोजगार केन्द्रमा सूचीकरणका लागि निवेदन दिनुपर्ने छ । बेरोजगार युवाले रोजगार हुनका लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा गई सूचीकरण गर्नुपर्नेछ । यसरी सूचीकरणका लागि निवेदन दिएका युवाले रोजगार व्यवस्थापन सूचना प्रणालीले ती युवाको छनोट गर्नेछ ।

उहाँका अनुसार मन्त्रालयका रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ११, रोजगारीको हकसम्बन्धी नियमावली २०७५ को नियम ७, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को दफा १८ तथा सरकारले गत वैशाख १४ गते गरेको निर्णयको आधारमा बेरोजगार युवालाई रोजगार उपलब्ध गराउनका लागि रोजगार केन्द्रमा निवेदन दिन आग्रह गरेको हो ।

रोजगारका लागि बेरोजगार व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले गरेको व्यवस्थानुसार आफूले न्यूनतम रोजगारको अवसर नपाएको र आफू तोकिएबमोजिम आयआर्जन हुने स्वरोजगारमा संलग्न हुने जानकारी गराउँदै निवेदन दिनुपर्नेछ ।

निवेदन दिएका व्यक्तिले रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा २१ बमोजिम रोजगार केन्द्रले खटाएको ठाउँमा गई काम गर्नुपर्नेछ । यदि केन्द्रले त्यस्ता व्यक्तिलाई रोजगार दिन नसकेमा ऐनको दफा २२ अनुसार निर्वाह भत्ता भनि न्यूनतम पारिश्रमिकको १०० दिनबराबरको रकमको ५० प्रतिशत उपलब्ध गराउनु पर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्