सिरि एः लिग लिडर एसी मिलान युभेन्ट्ससँग पराजित – Janadesh Daily | ePaper

सिरि एः लिग लिडर एसी मिलान युभेन्ट्ससँग पराजित


एजेन्सी ।

इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर एसी मिलान साविक विजेता युभेन्ट्ससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

४१औँ मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए । ६२औँ मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए ।

७६औँ मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ । १६ खेलमा ३७ अंक जोडेको मिलान हारपछि पनि शीर्ष स्थानमा कायम छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्