दुई बाख्रा परे प्रहरी फन्दामा – Janadesh Daily | ePaper

दुई बाख्रा परे प्रहरी फन्दामा


एजेन्सी ।

पत्ताउन नसकिने जस्तो लाग्छ । यो सत्य घटना हो । भारतको तेलंगना राज्यमा दुई बाख्रालाई प्रहरी हिरासतमा लिएको छ । बाख्राहरुले अस्पताल परिसरमा भर्खर रोपिएका बिरुवा खाईदिएपछि पक्राउ परेका हुन् ।

रुख बचाऔं अभियानका कार्यकर्ताहरुले चरिरहेका बाख्रालाई समातेर प्रहरीमा बुझाएका थिए । प्रहरीले बाख्रा मालिकलाई आफ्ना बाख्राहरु सम्हालेर राख्न सुझाव दिँदै रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो ।

सेव द ट्रिज आयोजनाका १ सय ५० बिरुवा बाख्राले खाईदिए पछि उक्त संस्थाका कार्यकर्ताहरुले यस्तो जुक्ती लगाएका थिए । बाख्रा मालिकलाई सम्झाउने उद्देश्यले जरिवाना गरिएको प्रहरीको भनाई रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्