छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ – Janadesh Daily | ePaper

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा आरआर क्याम्पसका प्राध्यापक पक्राउ


काठमाडौं ।

छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एक जना प्राध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा आरआर क्याम्पसका ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्य रहेका छन् ।

उनले कलेजकै एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन उत्पीडन गरेको आरोप लागेको छ । आचार्यलाई सोमबार कलेज परिसरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्