तुलसीबारे जान्नै पर्ने केही कुराहरु – Janadesh Daily | ePaper

तुलसीबारे जान्नै पर्ने केही कुराहरु


तुलसीलाई हिन्दू धर्म र हिन्दू धर्मशास्त्रमा भगवानको दर्जा दिइएको छ । हिन्दू धर्मशास्त्रमा पवित्र मानिने तुलसीको बोट रोप्नु शुभ त हुन्छ नै यसले घरको वातावरण समेत शुद्ध बनाउँछ।

हिन्दू धर्मका अनुसार, तुलसीमा दिनहुँ पानी चढाएर वैकुंठको प्राप्ति हुन्छ भन्ने विश्वास पनि चलिआएको छ। मानिसहरुलाई बचाउनको लागि मात्र तुलसी पूजा पृथ्वीमा पठाइएको भन्ने पनि गरीन्छ ।

तुलसीको बारेमा जान्न र पालन गर्नुपर्ने केहि नियमहरू :

  1. तुलसी बोटलाई आइतवार, एकादशी र सूर्य वा चंद्रग्रहणमा छुनु हुँदैन। यस बाहेक, सूर्यास्त पछि पनि तुलसी पातहरू भाँच्नु हुँदैन।
  2. प्रत्येक साँझ तुलसीको मुनि घीउको बत्ती जलाउनुपर्दछ र तुलसी माताको आरती गर्नुपर्दछ।
  3. तुलसीको बोट सुकेको छ भने यसलाई फ्याँक्नुको सट्टामा त्यसलाई नदीमा बगाइदिनुपर्छ । त्यहाँ अर्को बोट रोप्नुपर्छ ।
  4. सुकेको तुलसी बोटलाई घरमा राख्नु अशुभ मानिन्छ। यदि घरमा सुकेको तुलसी बोट भने ठूलो संकट आउन सक्छ चन्ने पनि गरीन्छ।
  5. धर्मशास्त्र अनुसार, भगवान गणेश र भगवान शिवलाई तुलसी पातहरू चढाउनु हुँदैन।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्