कोरोना खोप व्यवस्थापनका लागि सरकारको नयाँ निर्णय, यी हुन् खोप वितरण गर्ने सात प्रमुख व्यक्ति – Janadesh Daily | ePaper

कोरोना खोप व्यवस्थापनका लागि सरकारको नयाँ निर्णय, यी हुन् खोप वितरण गर्ने सात प्रमुख व्यक्ति


जनादेश, काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा एक एक जना संयोजक तोकेको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापन गर्नका लागी महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको छ । जसमा डा. तारानाथ पोखरेललाई प्रदेश १, डा मदनकुमार उपाध्यायलाई प्रदेश २, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको छ ।

भारतले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ । उक्त खोपलाई मन्त्रालयले आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी भइरहेको छ । सरकारले ७७ जिल्लाबाट एकसाथ खोप अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्