मोडेर्ना भन्छ- कोरोनाको नयाँ प्रकारलाई पनि हाम्रो खोप प्रभावकारी – Janadesh Daily | ePaper

मोडेर्ना भन्छ- कोरोनाको नयाँ प्रकारलाई पनि हाम्रो खोप प्रभावकारी


अन्तर्राष्ट्रिय अपडेट ।

अमेरिकी खोप उत्पादक कम्पनी मडेर्नाले कोरोनाको नयाँ प्रजातिविरुद्ध खोपले काम गर्न थालेको दाबी गरेको छ । कम्पनीले गरेको प्रारम्भिक परीक्षणमा खोपले शरीरमा एन्टीबडीज वृद्धि गरेको पाइएको हो ।

यो तथ्यलाई अझ यकिन गर्न खोप लिएका अन्य मानिसमा पनि अध्ययन गर्नुपर्ने मडेर्नाले जनाएको छ। कम्पनीले खोपका दुवै डोज लिएका ८ जनाको रगतको नमुना परीक्षण गरेको थियो। खोपले शरीरले निर्माण गरेको रोगप्रतिरोधी प्रणालीलाई स्थिर राख्दै भाइरसलाई कोषिकाहरुमा प्रवेश गर्नबाट रोकेको अध्ययनका क्रममा पाइएको थियो।

मडेर्नाले खोपको तेस्रो डोज दिनुपर्छ कि पर्दैन भन्नेबारे पनि अध्ययन गरिरहेको छ। यस्तै, खोपलाई अझ बढी प्रभावकारी बनाउन रिडिजाइनिङ गर्न सकिन्छ कि भन्नेबारे कम्पनीले अध्ययन गरिरहेको जनाइएको छ।

बेलायत र दक्षिण अफ्रिकामा देखिएका कोरोनाका नयाँ प्रजाति बढी संक्रामक र मृत्युदर पनि बढी रहेको बताइएको छ। बेलायतमा यो गत सेप्टेम्बरमा पहिचान गरिएको थियो।

अहिलेको खोप कोरोनाको पूरानो प्रजातिविरुद्ध बनाइएको थियो। तर वैज्ञानिकहरुले खोपले नयाँ स्वरुपविरुद्ध पनि काम गर्ने विश्वास गरेका छन्। यसअघि फाइजरको खोपले पनि नयाँ स्वरुपविरुद्ध काम गरेको पाइएको थियो।

एजेन्सीको सहयोगमा ।

 

यो पनि हेर्नुस्- खोपबारे तपाइँले थाहा पाउनै पर्ने कुरा, यी कुराबारे नबुझी नलगाउनुस् कोरोनाको खोप

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्